Wednesday, February 12, 2020

निलो आकाश अनि म




निलो आकाश अनि म

म नियाल्छु,
तिम्रो त्यो विशाल रुपलाई,
अनि सोच्छु
कति सानो र टाढा छु म तिमी भन्दा ।

म सोच्छु,
कसरी तिमी सबै अताउन सक्छौ,
त्यो सुर्य, चन्द्र अनि त्यो बिशाल तारा मन्दल,
अनि अझै.... खाली हुन सक्छौ ।

म देख्छु,
तिम्रो रङ फेरिदा,
बादलले तिमीलाई म बाट छेक्दा,
झरी र चट्याङ तिमी तिर बर्शिदा,
अनि अझै..... अझै तिमी शान्त छौ । हुन्छौं ।

अनि म,
म आफैलाई हेर्छु,
मैले केही अताउन सकिन,
सोचेका केही सपनाहरु थिए तर सजाउन सकिन,
यादहरु बाहेक अरु केही छैन मनमा,
तैपनी हेरन कति गहरुङगो छ यो मन ।

अनि सोच्छु,
मेरो पनि तिमी जस्तै तन हुन्थ्यो भने,
सबै कुरा अताउने मन हुन्थ्यो भने,
म पनि तिमी जस्तै माथी हुन्थे,
मुसुमुसु हाँस्दै तल तिर हेरथे ।

मलाई पनि तिमी जस्तै बनाइदेउन,
टाढा तर विशाल ।


सोचिन जिन्दगी

सोचिन जिन्दगी 



सोचिन जिन्दगी यस्तो हुन्थ्यो भनेर
सम्झनामा यादहरुको दीयो बल्थ्यो भनेर
रमाइला ती ....पलहरु आज
याद बनी मनमा जल्थ्यो होला भनेर

ती तिम्रो र मेरो संगै हिद्ने यात्रा
येती छिटो विश्राम लिन्थ्यो होला भनेर
कति मिठो सपना सङ्गलेको यो मन
काडा बनी हर्पल घोच्थ्यो होला भनेर

बाचा र कसम खायेको बन्धन
धुवा सरि आकाशमा उर्थ्यो होला भनेर
तिम्रो तयाे सुन्दर मुहार सम्झेर
हरेक रात छत्पतीदै रुन्थे होला भनेर

सोचिन जिन्दगी यस्तो हुन्थ्यो होला भनेर
सम्झना मा यादहरुको दीयो बल्थ्यो भनेर

मौनताको गर्जन !

ढ्याङ्ग्रो बजिरहेछ, गहिरो मनभित्र, माथि म समुन्द्रजस्तै शान्त छु, वा शान्त देखिने अभ्यास गर्दैछु । गर्भभित्रको ज्वालामुखी, फुट्ला जस्तो...