Wednesday, January 7, 2026
मौनताको गर्जन !
ढ्याङ्ग्रो बजिरहेछ, गहिरो मनभित्र,
माथि म समुन्द्रजस्तै शान्त छु,
वा शान्त देखिने अभ्यास गर्दैछु ।
गर्भभित्रको ज्वालामुखी,
फुट्ला जस्तो गरी उम्लिँदै आउँछ,
म यसलाई सम्हाल्न सक्छु ?
कि आफैं पोखिएर बग्छु थाहा छैन ।
यो उथलपुथलमा पनि,
म किन निस्तब्ध छु ?
यो भित्रको कोलाहलमा,
किन म चुपचाप अडिरहेछु ?
म के गरिरहेछु ? के गर्नु पर्छ ?
कता जाँदैछु ? कता जानु पर्छ ?
यी प्रश्न म बाहिर सोध्न सक्दिन,
भित्रको म ले जान्दैन ।
सायद मभित्र, म को रूप लिँदैछ,
अघिल्लो स्वरूपको अस्तित्व, अब चर्किँदै छ ।
(म) भन्ने कुरा म होइन रहेछु,
यही बोध जन्मिँदैछ ।
मैले हेर्नसिक्नुपर्छ,
कसरी (म) बन्ने रहेछु,
र कसरी म विगतमा बनेको थिएँ ।
कसरी म पुनः जोडिने रहेछु,
जसरी म अतीतसँग गाँसिएको थिएँ ।
म आफ्नो साक्षी बस्ने अभ्यास
गर्दैछु, त्यसैले म निस्तब्ध छु । 🕉️🙏
Subscribe to:
Post Comments (Atom)
मौनताको गर्जन !
ढ्याङ्ग्रो बजिरहेछ, गहिरो मनभित्र, माथि म समुन्द्रजस्तै शान्त छु, वा शान्त देखिने अभ्यास गर्दैछु । गर्भभित्रको ज्वालामुखी, फुट्ला जस्तो...
-
Poon Hill, Ghorepani, Nepal Poon hill one of most picturesque destination short trek in Nepal. Last year i visited this place with my ...
-
I believe we are a passenger in our life, where we don't have a destination but a long journey with happiness and sadness. What we ...
No comments:
Post a Comment